काठमाडौँ । सत्ता गठबन्धनले सरकारका प्राथमिकता तय गर्नका निमित्त दश सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको छ।

सत्तामा सहभागी भएका पाँच दलबाट २-२ जना हुने गरी संयन्त्र बनाइएको छ। नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र विष्णु रिमाल, माओेवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र मुकुल ढकाल, जनता समाजवादीबाट मनिष सुमन र राजेन्द्र श्रेष्ठ, एकीकृत समाजवादीबाट घनश्याम भुसाल र प्रमेश हमाल सम्मिलित राजनीतिक संयन्त्र गठन गरिएको स्रोतको जानकारी छ।

कार्यदलको पहिलो बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको छ। सबै दलबाट आएका धारणा समेटेर सरकारका प्राथमिकता तय गर्न मस्यौदा बनाउने जिम्मेवारी एमाले नेता विष्णु रिमाललाई दिइएको रास्वपा महामन्त्री  विष्णु रिमालले जानकारी दिएका छन् ।

सरकारका कार्यलाई प्रभावकारी बनाउनु प्राथमिकता विषयहरू समेटेर कार्यदलले प्रतिवेदन तयार सबै नेताहरूको आग्रह छ । अघिल्लो पुस १० मा बनेको सरकारले तयार गरेको न्यूनतम साझा कार्यक्रमहरू र हालको समय अनुसार परिमार्जित प्रतिवेदन तयार हुने संयन्त्रले जनाएको छ ।