काठमाण्डौ । फागुन महिनाको अन्तिमम दिनमा कुमारी बैंकले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले आगामी चैत महिनालाई लक्षित गर्दै नयाँ व्याजदर सार्वजनिक गरेको हो। अधिकांश वाणिज्य बैंकहरुको व्यजदर हेरफेर भएको बेलामा कुमारी बैंकले पनि नयाँ व्याजदर घोषणा गरेको हो । बैंकको सोही नयाँ व्याजदरको तथ्यांक हेर्दा व्यक्तिगततर्फ मुद्दती निक्षेपको अधिकतम व्याजदर घट्दा यता संस्थागततर्फ भने बढेको अवस्था छ।

अब आगामी चैत्रबाट व्यक्तिगत मुद्दतीमाअधिकतम ७.५१ प्रतिशत ब्याजदर बैंकका ग्राहकले पाउँने अवस्था बनेको छ भने फागुन महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.०१ प्रतिशत मात्रै ब्याजदर रहेको थियो।

बैंकले निर्धारण गरेको नयाँ व्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपतर्फ बैंकका ग्राहकले तीन महिने अवधिका लागि ६.१० प्रतिशत, तीन महिनादेखि छ महिने अवधिका लागि ६.५१ प्रतिशत,छ महिनादेखि एक वर्षे अवधिसम्मका लागि ७.१० प्रतिशत र एक वर्षे अवधिका लागि ७.१० प्रतिशत व्याजदर पाउँने भएका हुन्।

यता संस्थागत तर्फ भने फागुन महिनामा अधिकतम ६.०१ प्रतिशत व्याजदर पाएका बैंकका संस्थागत ग्राहकले चैत महिनामा अधिकतम ६.५१ प्रतिशत व्याजदर प्राप्त गर्नेछन्। संस्थागत ग्राहककै हकमा छ महिनादेखि एक वर्षे अवधिका लागि मुद्दती निक्षेपमा ५.१० प्रतिशत र एक वर्षभन्दा माथिको अवधिका लागि भने ६.५१ प्रतिशत व्याजदर पाइने भएको हो ।