काठमाडौं । आर्थिक सूचंकहरु सबल बन्दै गएको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले स्पष्ट पारेका छन् । आफूहरुको अनवरत प्रयासका कारण उक्त सूचांकहरु सही मार्गमा अघि बढ्न थालेको उनले दाबी गरेका हुन् ।

आजै विश्वासको मत लिन पुगेका प्रधानमन्त्री दाहालले प्रतिनिधिसमा बोल्दै चालु आर्थिक बर्षको सात महिनाको अवधिमा शोधान्तर बचत दुई खर्ब ९७ अर्ब ७२ करोड रुपैया रहेको बताए ।

त्यस्तै, विदेशी विनिमय सञ्चिति १८ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको बताउँदै उनले सो वृद्धि १९ दशमलव ९ प्रतिशतले बढी रहेको पनि बताए ।

व्यापार घाटा एक दशलव ८ प्रतिशतले घटेको दाहालको भनाई छ । साथै, मुद्रास्फिति ५ दशमलव १ प्रतिशतमा सीमित रहदा कर्जा प्रवाह ४ दशमलव ७ प्रतिशतले बढेको उनको दाबी छ ।

निजी क्षेत्रको मनोबल गिरेको अवस्थामा त्यसलाई उकास्त आफुहरुको प्राथमिकता रहने तथा बैंक, वित्तीय सूचांकमा पनि उपलब्धिमूलक हिसाबले कार्य प्रगति गर्न आफूहरु प्रतिवद्ध रहेकोमा प्रधानमन्त्री दाहालले जोड दिए ।