काठमाडौं । गरिमा विकास बैंकले ३ लाख ८२ लाख ८९२ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

कम्पनीका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि निवेदन दिएकाले कम्पनीले संस्थापक शेयर विक्री गर्न लागेको जनाएको छ ।

उक्त शेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक कागजात प्रमाण संकलन गरी बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाडौंमा आवेदन दिन बैंकले आग्रह गरेको छ ।