काठमाडौँ । गण्डकीमा प्रदेशसभा सदस्य दीपक मनाङेले मन्त्री पदको शपथ लिएका छन् ।

आज सोमबार उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराएका हुन् । उनी गण्डकीको भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् ।

यो सँगै मनाङे चौथो पटक मन्त्री बनेका छन् । केन्द्रमा एमाले र माओवादी केन्द्रको गठबन्धन बने पनि गण्डकीमा नेपाली काँग्रेसले प्रदेशसभामा आफैँ बहुमत पुर्‍याउने गरी तयारी गरिरहेको छ ।

त्यसकै सिलसिलामा मनाङबाट स्वतन्त्र रूपमा जितेका दीपक मनाङेलाई मन्त्री बनाएका हुन् । चुनाव जितेपछि एकीकृत समाजवादीमा प्रवेश गरेका मनाङेले सोमबार मात्र पार्टी छाडेको घोषणा गरेका थिए ।