काठमाडौँ । कांग्रेसले रविलाई बदनाम गराउन सहकारीको कुरा झिकेको नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् । उनले उजुरी दर्ता भएकै आधारमा मन्त्री नहुने बाँकी मन्त्रीहरुको सबैको पद खाली हुने बताएका हुन् ।

आज धनगढीमा सञ्चारकर्मीले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा उजुरी परेको र कांग्रेसले त्यही विषय संसदमा उठाएकोबारे सोधेको प्रश्नमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले त्यस्तो प्रतिक्रीया दिएका हुन् ।

ओलीले गम्भीर नै मुद्दा हुँदा, अपचलन देखिँदा, हिनामिना भएको ठहर भएमा त्यसलाई फरक ढङ्गबाट हेरिनुपर्ने भन्दै नेपाली कांग्रेसको तर्फबाट मन्त्री भएको सन्दर्भमा अस्ति कुरा उठेको थियो कि मुद्दा एकपछि अर्को छ भन्ने बताए ।

ओलिले एमाले नेतामाथि प्रश्न उठ्दा र बोलीमात्र चिप्लिदा पनि मन्त्रीबाट राजीनामा गर्न लगाएको स्मरण गराएका छन् । साथै,बोली चिप्लियो भनेको भरमा नै आफूहरुले शेरबहादुर तामाङ र गोकुल बाँस्कोटालाई राजीनामा गराएको स्मरण गराए