काठमाडौं । हिजो मात्रै सामान्य अकंले सुधार आएको शेयर बजारमा पुनः आज फेरि ओरालो लागेको छ।

बैंकको ब्याजदर समेत निरन्तर ओरालो लागि रहेको छ । शेयर बजारका लागि आवश्यक अधिकांश सूचक सकारात्मक हुँदा समेत लय लिन सकेको छैन । बजारमा लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.२४ अकंले घटेर २०६७.२९ बिन्दुमा बन्द भएको छ । आज ३०७ कम्पनीको ९४ लाख ७८ हजार ९३३ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड ३९ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ ।

आज शिवम सिमेन्टको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको आज ३५ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ । साथै, सानोपुरको १८ करोड ८९ लाख रुपैयाँ, गोर्खास फाइनान्सको १५ करोड ८१ लाख र घोराहि सिमेन्टको १० करोड रुपैयाँको कारोबार भएको छ ।

गुर्खाज फाइनान्सको १५ करोड ८२ लाख २९ हजार रुपैयाँ, घोराही सिमेन्ट इन्डस्ट्रीको १० करोड १६ लाख ५९ हजार रुपैयाँ र नेपाल फाइनान्स लिमिटेडको ९ करोड ५५ लाख ९७ हजार रुपैयाँको कारोबार भएको हो ।