काठमाडौं । आईएमई समुहका अध्यक्ष चन्द्र प्रसाद ढकालले ग्लोबल आईएमई पोडकाप्टको पहिलो एपिसोडमा आफ्नो अनुभव सुनाएका छन् । ग्लोबल आईएमई बैंकको १७ औं वार्षिकोत्सको अवसर पारेर उनले आफ्ना विगतलाई सम्झन रुचाएका हुन् ।

बैकिङ इतिहासलाई फर्केर हेर्दा

नेपालमा कर्मशियल बैंकको रुपमा नेपाल बैंक नै स्थापित भएको ढकालले स्मरण गरेका छन् । उनले त्यसपछि लगतै राष्ट्रिय वाणिज्य बैकका साथै जोइन भेन्चर बैंक र प्राईभेट बैंक आएको इतिहास त्यति धेरै लामो नभएको बताए । उनले पछिल्लो दुई दशकमा धेरै वटा बैंक वित्तीय संस्थाहरु आएको, त्यसको मर्जरलाई प्राथमिकतामा राखिएकोमा जोड दिएका छन् । विकास बैंक, फाइनान्स पनि मर्जरले सिमित संख्यामा गएको बताएका छन् । उनले सेवाको गुणस्तरको हिसाबले निकै सुधार भएको बताए । त्यस्तै, अहिले पहुँचको हिसाबले पनि धेरै गाउँहरुमा समेत बैंकिङ सेवा पुगेको उनको भनाई छ ।

ढकालको इतिहास

राष्ट्रिय वाणिज्य बैकबाट बैंकिङ करियरको यात्रा आरम्भ गरेका ढकालले छोटो समयमा निकै सूचांकमा अब्बल रहेको बैंकको लिड गर्न सफल भए । उनी आफै भन्छन्, ‘मैले बैंकको एउटा जुनियर कर्मचारीको रुपमा आफूले पढ्दै काम गर्दै आफ्नो रोजगारी सुरु गरेका थिए । मैले जहाँबाट काम गरे डे वानबाटै काममा इमान्दार भएर काम गरे । म परिवारको जेठो छोरो व्यक्ती थिए भने मेरो बुवा म १६ वर्ष हुँदा बित्नु भएको थियो । मसँग घरको पनि जिम्मेवारी थियो । कम्पुटरको काम पनि भर्खर सुरुवात भएको थियो । त्यस्तो समयमा पनि मैले आफ्नो काम गर्ने बानीको विकास गरे ।’

उनले आफूले केन्द्रिय बैंकमा पठाउँनु पर्ने तथ्यांकहरु समयमै पठाउन मेहनत गर्थे । ढकालले नेपालबाट धेरै जना मलेशिया जाने गरेको एक डेढ दशक अघिको पनि स्मरण गर्न चाहे । त्यति बेलामा विदेश गएका नागरिकहरुले बैंकबाट पैसा पठाउँन असहज मानिरहेको बेलामा उनले रेमिट्यान्स सेवा सुरुवात गरेको पनि सम्झिएका छन् । सरकार तथा जनचाहनाको पनि मागलाई बुझ्ने हिसाबले आफुले सो व्यवसाय सुरु गरेको बताएका छन् । आफूले उक्त अभ्यास थाल्दा विल्कुलै नयाँ अभ्यास भएकाले एकातिर चुनौतिपूर्ण र अर्कोतिर अवसर बन्न पुगेको बताएका छन् । त्यसको केही वर्षपछि आईएमई फाइनान्सियल इस्टिच्यूसनको स्थापना भएको थियो । बिस्तारै बैंकको आवश्यकता समेत महशुस गरेर उनले कमर्शियल बैंकलागि आवेदन दिएको बताएका छन् । तत्कालिन समयमा राष्ट्र बैंकले काठमाडौंमा रोक्का गरेको बैकको लाइसेन्सलाई खुला गरेको थियो । ढकालले बैंकिङ क्षेत्रको ऐतिहासिक मर्जरको समेत चर्चा गर्न रुचाएका छन् । उनले २१ जना अध्यक्ष, २१ जना सीईओ तथा बोर्ड अफ डाइरेक्टर मिल्नु भनेको निकै गौरवको कुरा रहेको बताए ।

मर्जरले छिचोलेको चुनौतीको प्रश्नमा जवाफ दिँदै उनले चुनाव नगरी निर्विरोध निर्वाचित भइरहेका अभ्यासले बैंकको हित र शेयरधनीको पक्षमा काम भइरहेको रहेको बताएका छन् ।

युवापुस्तालाई सन्देश

उनले कुनै पनि काममा तुरुन्तै नतिजा खोज्ने यूवाहरुलाई धैर्यताका साथ मेहनत गर्नु पर्ने बताएका छन् । ढकालले कुनै पनि संस्थामा, बैकका इमेज बढाउने हिसाबले कोही व्यक्ती लागेको छ भने त्यसले दिने नतिजा निकै ठूलो हुने बताएका छन् । बैंकको कुनै पनि शाखाका राम्रो काम गरेमा केन्द्रिय बैंकमा समेत उच्च कदर हुन गएको उनले बताए । ढकालले नतिजा लिन हतारिने भन्दा पनि आफ्नो काममा मेहनत गर्नु पर्ने लागेको बताएका छन् । कुनै दिन आफ्नो समेत जम्मा एउटा घर र आमाको हेरचाह गर्ने मात्रै चाहना भए पनि उनले ठूलो बैंकको अध्यक्ष हुने वा वाणिज्य क्षेत्रको उच्च तहमा पुग्ने सपना विगत सजाएको नभई आफ्नो मेहनतको परिणाम स्वरुप पाएकोमा जोड दिए ।

एसएलसी दिनुपूर्व ढकालले गाउँमा डोको, नाम्लो, डालो समेत बुन्न जानिसकेको रोचक प्रशंग पनि सुनाए । उनले आफूले जति सिक्न सक्छौं त्यो आफूसँगै रहने र त्यसले व्यक्तीलाई नेक्ट स्टेपको सिँढी चढाउँने बताए । कुनै दिन आफू स–सानो लोनको फन्दामा परेका ढकालले अहिले देशमा ८१ हजार भन्दा बढी नागरिकहरुलाई लोन दिलाउँन सफल भएका छन् । हाल ४५ लाख भन्दा धेरै ग्राहकहरु समेत ग्लोबल आईएमई बैंकमा रहेका छन् ।

लगानीको लागि समेत कुनै रकम नभएका ढकालले आफूलाई सफताको शिखरतर्फ डोर्याउन निकै मेहनत गरेका छन् । विश्वका विभिन्न ठाउँ घुमेका ढकालले अन्य देशको तुलानामा नेपालमा पनि रोजगारीको धेरै अवसर रहेको बताएका छन् । उनलाई आफ्नो सुरुवाती चरणा कतिपयले भएको लगानी डुबाउन नयाँ व्यवसायमा लागेको अनुमान अरुले काटेको बताएका छन् । प्रति महिना २० लाख यूएस डलर भित्रउँने भन्दा धेरै जनाले असम्भव कुरा गरेको जस्तो व्यवहार उनलाई गरेका थिए । ढकालले विगतको तुलना नयाँ प्रविधि भित्रिएकाले धेरै अवसरहरु समेत भित्रीएको बताएका छन् । विगतको तुलनामा अहिले व्यवसाय गर्न चाहनेलाई लगानीको बाटोहरु समेत निकै खुला रहेको बताएका छन् ।

उनले रेमिटेन्स संस्थागत बनाएकोमा जोड दिए । यता बैकमा पनि रिर्जब सहित ६० अर्ब रुपैयाँ हाराहारीमा क्यापिटल पुगेको बताए । उनले त्यस्तो जनचाहना पनि रहेकाले ठूलो बैंक बनाउँन सफल भएको बताए । मलेसियाको ग्यान्टिङ आईल्याण्ड हेरेर शहर नजिक स्वस्थ हावा खान पाइने ठाउँको रुपमा चन्द्रागिरी हिल्सको सुरुवात गरेको बताए । उनले सात वटै प्रदेशमा पनि त्यस्तै पूर्वाधारको विकास गर्ने सरकारको पनि योजना रहेको बताए । हाल नेपालमा फोटोकपी पेपर उत्पादन नुहने भन्दै आगामी चार महिना भित्र नेपालमा आफूहरुले उत्पादन गर्ने गृहकार्य भइरहेको खुलाए । ग्लोबल आईएमई बैंकलाई विश्वको हजार बैंक मध्ये एक बनाउँने आफ्नो लक्ष्य रहेको उनले बताएका छन् । ढिला सुरुवात भए पनि एक नम्बरमा पर्न सकेको उदाहरणमा पनि उनले जोड दिएका छन् । उनले कोरीया लगायत विभिन्न देशमा समेत ब्राच्न अफिस खोल्ने, कन्ट्रि रेटिङ गर्ने पनि बताएका छन् ।

यस्तो छ स्पेशल भिजन

बैंक फर अल भन्ने आफ्नो मुख्य नारा रहेकोले सानादेखि ठूला डिजोडिजरका लागि सबैका लागि बैंक भनेर आफूहरुले काम गरिरहेको उनले बताए । उनले २० वर्ष पहिले बैंकमा प्रविधि कम रहेको, प्रतिस्पर्धा कम रहेको, थोरैमा पहुँच पुगेको बताए । अहिलेको समयमा ७ सय ५३ स्थानिय तहमा बैंक पुगेको स्मरण गराउँदै उनले हरेक ठाउँमा इन्टरनेट सेवा, बैंकको सेवा हात हातमा पुगेको बताए ।

उनले आईएमईको ५० लाख रुपैयाँको बैंक ग्यारेन्टी लिन समेत तत्कालिन सीईओ केवि मान्धर राष्ट्र बैंक जाँदा कन्फिडेन्ट नआएको के हो के हो भन्दा अवस्थामा रहेको बताए । अहिले धेरै सुविधाहरु बढेको उनले बताए । पब्लिक कन्फिडेन्ट बढाउन सरकार र नियमनकारी निकायहरु चनाखो हुनुपर्ने बताएका छन् ।
अहिले बैंकमा प्रशस्त लिक्विडीटी रहेको र लेन्डीङमा समस्या नरहेको बताएका छन् । बैंकको इन्ट्रेट बढ्यो भन्ने थियो यो घटेको अवस्था छ । पर्यटकहरु बढेका तथ्यांकहरु आइरहेका छन् । अहिले जनतामा अलि अलि गर्दै उत्साह छाउँन थालेको अवस्था छ ।

बुटवल र गैडाकोटमा एकै पटक दुई वटा केबलकार स्थापना गर्न सफल भएको सुनाउँदै ढकालले सकारात्मकताको बाटो अँगाल्दा सकारात्मक नतिजा प्राप्त हुने उदाहरण पेश गरेका छन् । उनले बैंक, वित्तीय संस्थाहरुले आफ्नोतर्फबार्ट पब्लिक कन्फिडेन्ट बढाउँन भूमिका खेल्नु पर्ने बताए । बैंकको लोन तिर्न पर्दैन भन्नुभन्दा अगाडी जनताको पैसा नै बैंकमा डिपोजिट हुने हो भन्ने कुरा भुल्न नुहने स्पष्ट पारेका छन् ।

सकारात्मकताको बाटो अपनाउँदा अवसरको सिर्जना हुने ढकालको व्यक्तीगत अनुभव छ । उनले भारत, चीन, दुबैमा आफुहरुले नेपालमा रहेका सकारात्मक अवसरहरुको वर्णन गर्दै आएको बताएका छन् । ढकालले नयाँ नयाँ क्षेत्रमा पनि व्यवसायीहरुले हात हाल्नु पर्ने, चुनौती र जोखिम मोल्न सक्नु पर्ने बताएका छन् ।