काठमाडौँ । ठाडो उजुरीका भरमा नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्नुको साथै आफ्नो राजीनामा मागेको विषयमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आपत्ति जनाएका छन् ।

मङ्गलवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै लामिछानेले कांग्रेस दुधले नुहाएको पार्टी नभएको टिप्पणी गरे । उनले कांग्रेसले पूरक उजुरीमा संसद् अवरुद्ध गर्ने अभ्यास सिकाउन खोजेको बताएका छन् ।

उनले भने, ठाडो उजुरीमा संसद् अवरुद्ध गर्ने हो भने यसमा अडिरहन आग्रह गर्दछु । हामीले कामले जवाफ दिने हो । काँग्रेसले ४ वर्ष संसद् अवरुद्ध गरोस्, हाम्रो यो अहिलेको संयन्त्रले ४ वर्ष काम गरोस्, नेपालमा भ्रष्टाचार अन्त्यका लागि सफा भएर, चिटिक्क परेर अनियमितता गर्ने, अनुसन्धान प्रभावित गर्ने, अनुसन्धान भइरहेका मान्छेलाई कुर्सीबाट हटाएर पठाउने काँग्रेसले नैतिकता, सुशासन गर्ने ? ’