काठमाडौँ। बुधवार बसेको प्रतिनिधिसभाको बैठकमा नेपाली काँग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले स्वार्थ बाझिने मन्त्रालय लिएको भन्दै उनीमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्न माग गरेको छ ।

पहिलो पटक गृहमन्त्री हुँदा नागरिकताको विषयमा विवादित रहेको र अहिले आएर सहकारीको विषयमा विवादित रहेको बताउँदै स्वार्थ बाझिने मन्त्रालयमा लामिछाने आएको भन्दै आपत्ति व्यक्त गरिन् ।

काँग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले लामिछाने नैतिक, राजनीतिक र कानुनी प्रश्नबाट घेरिएको बताएकी छिन । उनले भनिन्– ‘उहाँलाई स्वार्थ बाझिने मन्त्रालय किन चाहियो आज थाहा भएको छ, हिजो नागरिकता विवाद मिलाउनु थियो, आजका दिनमा सहकारीको उजुरी परेको छ, त्यो मिलाउनु छ । हामीले प्रधानमन्त्रीको जवाफबाट आश्वस्त हुन चाहेका थियौँ । प्रधानमन्त्रीको गैर जिम्मेवार जवाफ आयो ।

प्रतिपक्षलाई केही हैन भन्ने कुरा आयो । हामी चाहन्छौँ सदन चलोस्, नीति तथा कार्यक्रमका विषयमा छलफल होस्, दुई चार पैसा जम्मा गरेकाहरूको पैसा कसरी दिने रु प्रमाण छैन भन्ने प्रधानमन्त्री, प्रमाण छ भन्ने हामी प्रतिपक्षी ? यो कसले छिनोफानो गर्ने ?