काठमाडौं । सिटिजन्स बैंकको पूर्ण स्वामित्वमा खोलिएको संस्था सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेडले विश्व वित्तिय सप्ताह २०२४ को अवसरमा युवा लक्षित वित्तिय साक्षरता कार्यक्रम अन्र्तगत दुई दिने पुँजिबजार सम्बन्धी तालिम प्रदान गरेको छ । पुँजिबजारमा युवाहरुको सहभागिता बढाउने उद्देश्यका साथ कम्पनीले हिमालयन ह्वाईट हाउस कलेज, पुतलीसडकमा बि.बि.ए. प्रथम वर्ष र तेस्रो वर्षमा अध्यनरत विद्यार्थीहरुलाई २०८० चैत्र ६ र ७ गतेका दिन पुँजिबजारको आधारभुत ज्ञान सम्बन्धी तालिम प्रदान गरिएको हो ।

नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र दलाल (ब्रोकर नं. ९१) सि.बि.आई.एल. सेक्युरिटिज लिमिटेडले आफ्नो मुख्य कार्यालय ललितपुर–१०, कुपण्डोल बाट आफ्ना ग्राहकहरुलाई धितोपत्र कारोवार सेवा दिदै आईरहेको छ । साथै, यस कम्पनीले आफ्नो मुख्य कम्पनी सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका सम्पुर्ण शाखाहरु मार्फत ब्रोकर खाता खोल्न सकिने सेवा समेत प्रदान गर्दै आईरहेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १ सय ९० वटा शाखा, १ सय ५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ३५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंक इन्टरनेसनलले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।