काठमाडौँ। काठमाडौँको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैँ घण्टा खुलाउन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् ।
सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाडौँले गर्ने गरी ठमेल र दरबारमार्ग बजार क्षेत्र २४ सैँ घण्टा खुलाउन गृहमन्त्री लामिछानेले निर्देशन दिएका हुन् ।
जिल्ला सुरक्षा समितिले सोहीअनुसार योजना बनाउने छ। ‘आन्तरिक तयारी सुरु भइसक्यो। ढिलोमा नयाँ वर्ष (वैशाख १) भित्रै खुला हुन्छ’, काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने,। बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौँ।’
ठमेल र दरबार मार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सैँ घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको तयारी छ। सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।