काठमाडौं । भनाई नै छ ˋबाँच्नुपर्छ अनेक देखिन्छ’। ठीक त्यही प्रसंगसँग मिल्दोजुल्दो घटना घटेको छ, ताइवानमा । पैसा कमाउँने रहर कसलाई पो नहोला र ? तर, मानिसहरुले पैसाकै लागि के-केसम्म गर्लान्, त्यो हामीले सहजै अनुमान लगाउँन सक्दैनौ ।

एउटा चलचित्रको दृश्य जस्तो लाग्ने घटना फेला परेको छ । हुन त जोखिम आईपर्दा बीमाले पैसा दिन्छ भनेर बीमाबाट पैसा आश गर्नु जायज नै होला । तर,यहाँ घटना भने ठिक विपरित छ । कसैले विपतमा बीमाको पैसा मागेको नभई बीमाले पैसा दिन्छ भनेर जानी जानी विपत निम्त्याएका छन् । ताईवानका एक युवाले आफैले आफ्नो खुट्टा धरापमा पारेका छन् ।

यस्तो थियो घटना

ताइवानका एक युवकले हिँउले आफ्नो खुट्टा खत्तम भएको भन्दै नक्कली हिँउमा आफ्नो खुट्टा राखेर हुदाँखाँदाको खुट्टा त गुमाए नै अर्कातिर बीमाबाट पाउँनु पर्ने रकम पनि पाएनन् । नेपालमा मात्र होइन विदेशमा पनि बीमामा कुनै पनि जाँलसाजी भएको भेटिएमा बीमाले पैसा दिन बाध्यकारी मानिदैन । सोही सिद्धान्त अनुसार उनले कुनै रकम पाएनन् । नेपालमा पनि बीमा जालसाझी या किर्ते गर्ने जो कोहीलाई बीमा ऐनले नै कानुनको दायरामा ल्याउँनु पर्ने व्यवस्था गरेको छ ।

ताइवानको घटनामा ती यूवक हिँउले खुट्टा खाएको भन्दै फ्रस्टबाइटको बीमा दाबी गर्न गएका रहेछन् । उनको बारेमा ताइवानका प्रहरीले परिक्षण गर्दा नयाँ रहस्य खुल्न गयो । उनको खुट्टा हिउँले खाएको नभई उनले १० घण्टासम्म बाल्टिनमा आईस राखेर खुट्टा डुबाउँदा असर पुगेको फेला परेको हो । ती युवकको नाम खुलाइएको छैन भने उनको थर च्याङ्ग हो ।

च्याङ्ग थर गरेका उनै युवाले एक वर्ष अघि बीमा गराएका थिए । त्यसरी बीमाको दाबी भुक्तानी पाउँन नै उनले एक वर्षपछि रहस्यमय घटनाको सडयन्त्र रचे । मोटसाइकलमा यात्रा गर्ने क्रममा आफ्नो खुट्टा अकस्मात चिसो हिँउमा पर्दा अकल्पनिय दुर्घटनामा पर्न गएको उनको बयानमा उल्लेख छ । उनले ४१ लाख ताइवानी रकम हात पार्न सो घटना रचेको अनुसन्धानबाट खुलेको हो । उनले उल्टै २ लाख ३० हजार ताइवानी रुपैयाँ तिर्नुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना हुन पुग्यो । अस्वभाविक रुपमा हिँउले खुट्टामा क्षति पुर्याएको विवरण उनले दिएकै कारण च्याङ्लाई शंकाको दायरामा ल्याएर आवश्यक अनुसन्धान गरिएको थियो ।

बीमा गराएको छोटो समयमा नै दाबी परेको, हिउँ पर्ने तापक्रम नमिलेको तथा उनको कोठामा आइस फेला परेकाले उनको बदमासी बाहिर आएको हो ।

अन्तर्राष्ट्रिय पत्रपत्रिकाबाट