काठमाडौं । राजस्व चुहावट बन्द गर्न अर्थमन्त्री वर्षमान पुनले कडा कदम चाल्ने बताएका छन् । उनले भन्सार बिन्दुमा थप
कडाई गर्ने बताएका हुन् ।
आज प्रतिनिधि सभाको अर्थ समिति बैठकमा बोल्दै पुनले भन्सारमा कडाई नगरी राजस्व वृद्धि नहुने बताए । उनले पछिल्लो समय सरकारले कडाईका साथ काम गरिरहेकोमा पनि जोड दिए ।
त्यस्तै सबैलाई महशुस हुनेगरी भन्सार सुधारको काम गर्ने बताउँदै उनले ४० प्रतिशतभन्दा बढी राजस्व वृद्धिको लक्ष्य रहेको र जम्मा ९ प्रतिशतको हाराहारीमा मात्रै वृद्धि भएकोमा जोड दिए।
कृषिलाई पनि सुरक्षा दिने बताउँदै खुला बोर्डरको चुनौती र अवसर सदुपयोग गर्नु पर्ने अर्थमन्त्री पुनको भनाई छ ।