काठमाडों। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभा कम्पनीको केन्द्रीय कार्यालय थापाथली, काठमाडौंमा सम्पन्न भएको हो । कम्पनीले यस अगाडि नै गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ।

सभाले गत आवको प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह लगायतका वित्तीय विवरणमा छलफल गरेको छ। साथै, साधारण सभाले संस्थापकतर्फ ३ जना र सर्वसाधारणतर्फ १ जना सञ्चालक निर्वाचित गरेको छ ।

सभा प्रयाजनार्थ कम्पनीले फागुन २७ गते देखि आज चैत्र ९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको थियो । जस अनुसार फागुन २४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी सभामा भाग लिएका थिए ।