काठमाडौं । नेपाल राष्ट्र बैंकले कुल २८ अर्ब ५० करोड रुपैैयाँको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले भोलि (जेठ २९) गते ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो ।
बैंकका अनुसार ३ अर्ब ५० करोड रुपैयाँको बोलकबोल मार्फत बिक्री गर्ने र अन्य २५ अर्ब रुपैयाँको नवीकरण गरिने भएको छ ।
राष्ट्र बैंकले २८ दिनका लागि ५ अर्ब रुपैयाँ, ९१ दिनका लागि ८ अर्ब ५० करोड रुपैयाँ, १८२ दिनका लागि ४ अर्ब रुपैयाँ र ३६४ दिनका लागि ११ अर्ब रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्ने बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार भोलि दिउँसो तीन बजेदेखि अनलाइन मार्फत बोलकबोल हुने छ ।