काठमाडौँ । बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा अब सरकारीकरण गरिने भएको छ । भूमि सुधार तथा मालपोत कार्यालय डिल्लीबजारले आज उक्त निर्णय गरेको हो ।

भूमि सुधार तथा मालपोत कार्यालय डिल्ली बजारका अधिकृत छविराम नेपालीले राजधानीमा आयोजित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन् ।

त्यस्तै, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले व्यक्तिको नाममा लगिएका वा लाने प्रयत्न गरिएका राज्यको नाममा रहेको सम्पत्ति सरकार मातहत ल्याउने अभियान थालनी भैसकेको जानकारी दिए।

साथै, वि.स.२०४४ साल भदौ ५ गते ६ रोपनी र २०४४ मंसिर १८ गते पुनः ४ रोपनी जग्गा च्याम्पियन फुटवेयर कम्पनीको नाममा लगेको भेटिएको समेत पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।