काठमाडौं । समग्रमा यो साता सेयर बजारमा गिरावट देखिएको छ ।गत साता २०८०.८७ विन्दुमा बन्द भएको नेप्से परिसूचक यस साता साढे १ प्रतिशत घटेर बन्द भएको छ। यस साता १.५५ प्रतिशत अर्थात ३२.३० अंक घटेर २०४८.५७ विन्दुमा झरेको हो।
यस साता भएको ५ कारोबार दिनमध्ये एक कारोबार दिन नेप्से सामान्य अंक बढेको थियो भने बाँकी चार कारोबार दिन नेप्से ओरालो लागेर बन्द भएको थियो। यस साताको दोस्रो कारोबार दिन अर्थात सोमबार, नेप्से ३.२७ अंक बढेर बन्द भएको थियो।
गत साता दैनिक औषतमा ३ अर्ब ९२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता ३ अर्ब ५४ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ९.५३ प्रतिशत घटेको हो। नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि घटेको छ।
यस साता दैनिक औषत शेयर संख्या ६.६२ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या १६.१८ प्रतिशत घटेको छ। गत साताको तुलनामा यस साता नेप्सेको कुल बजार पूँजीकरण ०.६९ प्रतिशत घटेको छ। त्यस्तै १३ उपसमूहमध्ये यस साता ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस साता लघुवित्त उपसमूहको परिसूचक सर्वाधिक ३.८३ प्रतिशत बढेको छ।
यस साता बजार घट्दा पनि लघुवित्त ,वित्त र विकास बैंकका लगानीकर्ताले भने कमाएका छन् । यस साता लगानीकर्ताले दोस्रो बजारमा एउटै कम्पनीबाट ४२.२२ प्रतिशतसम्म आम्दानी गरेका छन् ।
यो साता धौलागिरी लघुवित्तका लगानीकर्ताहरुले ४२ प्रतिशतसम्म अम्दानी गरेका छन् । त्यस्तै ,सर्वोत्तम सिमेन्टका लगानीकर्ताहरुले ३३ प्रतिशत कमाएका छन्।
नेप्सेमा यस साता दुई कम्पनीको ५ करोड २४ लाख ५७ हजार ८५१ कित्ता शेयर सूचीकृत भएको छ। यस साता सर्वोत्तम सिमेन्टको आईपीओ र घोराही सिमेन्ट इण्डस्ट्रीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो।
गत साता ३८६२.४२ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १४७.८३ अंक बढेर ४०१०.२५ विन्दुमा पुगेको छ। त्यसैगरी, यस साता वित्त उपसमूहको परिसूचक ३.१३ प्रतिशत बढेको छ भने विकास बैंकको ०.५७ प्रतिशत बढेको छ।