r}t !! sf7df8f}+ M xf]nL k"l0f{dfsf] cj;/ cfOtaf/ j;Gtk'/df xf]nL v]Nb} /dfpFb} ljb]zL ko{6s tyf :jb]zL o'jfo'jtL . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठकमाडौं । आज फागु पुर्णिमा अर्थात होली देशभर मनाइदैछ ।रंगहरुको पर्वको रुपमा लिईने होली पर्वलाई आगमनको सुभारम्भको रुपमा समेत लिईने गरिन्छ ।

वसन्त ऋतुको आगमनसंगै रङ्ग खेलेर उल्लासपुर्ण रुपमा आज देशभर होली पर्व मनाइदैछ । यस पर्वलाई मेलमिलाप, आपसी भाईचारा र सद्भावको सन्देश प्रवाह गर्ने विशेष अवसरका रुपमा मनाइन्छ ।

काठमाडौंको वसन्तपुरमा भेला भएका बालबालिकादेखि युवाहरुले हर्षोल्लासका साथ मनाइरहेका छन्। एक अर्कालाई रङ लगाएर शुभकामना साटासाट गर्दै नाचगान गरेर फागुपूर्णिमा मनाइरहेका छन्।

खासगरी पहाडी जिल्लाहरुमा आज उल्लासपूर्वक होली मनाइन्छ भने तराइका जिल्लाहरुमा भोलि आर्थात सोमबार विशेष रुपमा यो पर्व मनाइन्छ । आन्दोलनका कारण यसवर्ष मधेसको होली भने अघिल्लो वर्षको तुलनामा केही फिक्का हुनेछ ।

आपसमा रङ र अबिर दलेर खुसी साटासाट गर्दै मनाइने यो पर्वको बेग्लै धार्मिक, साँस्कृति र सामाजिक महत्व छ ।असत्यमाथि सत्यको विजय भएको उत्सवका रूपमा रङ दलेर पर्व मनाउने गरिएको धार्मिक मान्यता छ । आसुरी शक्तिकी द्योतक होलीकालाई आगोले भष्म गरी सत्यवादी भक्त प्रल्हादको उद्दार भएको धार्मिक कथनसँग जोडेर यो पर्व मनाउने गरिन्छ ।

तस्विरमा हेर्नुहोस्