काठमाडौं । माछापुच्छ्रे बैंकको संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीमा राखेका छन्।

संस्थापक गणेश बहादुर क्षेत्रीले आफ्नो नाममा रहेको १० लाख ५६ हजार ९१७ कित्ता सेयर बिक्रीमा ल्याएका हुन्। यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सकिने उल्लेख गरिएको छ ।

यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो।

यसको भाउ भने तोकिएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (चैत १२ गते) बाट ७ दिनभित्र माछापुच्छ्रे क्यापिटल, जेडीए कम्प्लेक्स सुन्धारा काठमाडौंमा व्यहोरा खुलाई आवेदन फारम बुझाउन सक्नेछन् ।