काठमाडौँ । हिमालयन एभरेष्ट ईन्स्योरेन्स लि.ले आगामी वर्ष २०८१ सालको वार्षिक भित्ते तथा टेबल क्यालेन्डर प्रकाशित गरेको छ ।
ईन्स्योरेन्सले प्रकाशित गरेको उक्त क्यालेन्डर आज एक संक्षिप्त कार्यक्रमको बिच कम्पनीको प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले विमोचन गरेका छन् । कम्पनीले हरेक वर्ष आफ्ना ग्राहकहरू तथा कर्मचारीहरूलाई वितरण गर्नको लागि भित्ते तथा टेबुल क्यालेन्डर प्रकाशित गर्दै आएको छ ।
सोही अनुसार यस वर्षपनी कम्पनीले एक महिना अगावै कम्पनीको क्यालेन्डर सार्वजनिक तथा वितरण गरेको हो । कम्पनीले सार्वजनिक गरेको आगामी वर्षको क्यालेन्डरमा देशको विभिन्न हिमाल, धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थलको तस्बिरहरू समावेश गरिएको छ ।
उक्त तस्बिरहरू नेपालको प्रशिद्घ फोटोग्राफर जगदीश तिवारीले विभिन्न कालखण्डमा कैद गरेको कम्पनीले जानकारी दिएको छ ।