काठमाडौँ। कैलालीको चिसापानीस्थित कर्णाली पुलबाट हाम फाल्दा बेपत्ता भएका युवक खोज्न गोताखोर परिचालन गर्ने तयारी गरिएको छ।
सोमबार एकसाथ १७ जना युवाले क्रमशः कर्णाली पुलबाट हाम फालेका थिए । तीमध्ये लम्की चुहा नगरपालिका–३ चिसापनीका करिब ३० वर्षीय लोकेन्द्र शाही बेपत्ता रहेका छन् ।
बेपत्ताको खोजी गर्न गोताखोर खटाउनेबारे सशस्त्र प्रहरी बलसँग समन्वय भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । अहिले इलाका प्रहरी कार्यालय चिसापानीका इन्स्पेक्टर हरेराम डाँगी नेतृत्वको टोली खोजी कार्य गरिरहेको छ ।
होली खेलेपछि नदीमा डाइभ हान्न गएका उनीहरूमध्ये शाही डाइभ हानेर हाम फाल्दा बेपत्ता भएका हुन् । अन्य १६ जनालाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको प्रहरीको भनाइ छ । १७ जनाले क्रमशः कर्णाली पुलबाट हाम फालेको भिडियो हिजो साझदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।