काठमाडौँ। इङवा हाइड्रोपावर लिमिटेडले निर्माण गरेको ९.७ मेगावाट क्षमताको माथिल्लो इङवा जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी चैत्र १० गते अर्थात् शनिवार राष्ट्रिय प्रसारण लाइनमा जोड्न सफल भएको छ।

कम्पनीले बाक्लो उपस्थितिमा समुद्घाटन समारोह समापन गरेको छ । कार्यक्रममा कम्पनीका सम्पूर्ण सञ्चालकहरूको उपस्थितमा भएको थियो। पाँचथर तथा ताप्लेजुङ जिल्लाको सिमाना भई बहने इङवा खोलामा ९.७ मेगावाटको विद्युत् शक्ति उत्पादन गरेर १६ किलोमिटर लामो ३३ केभि ट्रान्समिसनलाईको माध्यमबाट कम्पनीको पावर हाउस आँपडाडावाट हिलिहाङ गाउँपालिका वडा नं १ मा रहेको नेपाल विद्युत् प्राधिकरण को अमरपुर सवस्टेशनमा जडान गरिएको छ ।

२०७८ साल श्रावण २३ गते वाट कम्पनीले यो आयोजना निमार्ण कार्य थालनी गरी मिति २०८० साल चैत्रमा निमार्ण कार्य पुरा गरेको छ। यो आयोजना निर्माण सम्पन्न गर्नका  लागि जम्मा १९४ करोड लागत लागेको छ जसमध्ये संथापक तथा सर्वसाधारणको शेयर लगानी वाट ३० प्रतिशत लगानी र बाँकी ७० प्रतिशत नविल वैक लिमिटेडको एकल लगानी बाट सम्पन्न गरिएको छ।

यो आयोजना याँङवारक गाउँपालिका वडा नं २ मा वाँधस्थल र वडा नं ३ मा पावर हाउस रहेको छ । यस आयोजनाको नेट हेड १८९ मिटर रहेको छ र यसमा ४.५ किलोमिटर लामो फलामको पेनस्टक पाइपको माध्यमबाट पावर हाउसमा पानी खसाली विद्युत् उत्पादन गरिएको छ ।

आयोजनाको सिभिल निर्माणको कार्य मध्ये पावर हाउसको काम लटिनाथ कन्स्ट्रक्सन कम्पनी (प्रा) लिमिटेड र इन्टेक तथा पाइप एलाईनमेण्ट  मकालु डेभलपर्स लिमिटेडले गरेको हो भने आयोजनाको हाइड्रो मेकानिकलको  काम अपि हाईड्रोमेकानिकल लिमिटेडले सम्पन्न गिरेको हो । यस आयोजनामा जडित  इलेक्ट्रोमेकानिकल तर्फका मेसिन तथा उपकरणहरू युरोपियन प्रविधिको छनौट गरी जेपट हाईड्रो अस्ट्रियाबाट खरिद गरिएको कुरा कम्पनीका कार्यकारी संचालकसतिस न्यौपानेले जानकारी दिए ।