काठमाडौं। निरन्तर ओरालो लागेको सेयर बजारमा ब्रेक लागेको छ । आज मंगलबार बजार १०.१४ अंकले बढेर २०४१ को विन्दुमा कायम हुन पुगेको छ ।

मंगलबार ३१० कम्पनीको ६८ लाख ४२ हजार ३९२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार रुपैयाँको शेयर कारोबार भएको छ । मंगलबारका दिन शिवम् सिमेन्ट, सोनापुर, जोशी हाइड्रोपावर र गोर्खाज फाइनान्स लगायतका कम्पनीहरुको सर्वाधिक कारोबार भएको छ । आज शिवम् सिमेन्टको नौ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

मंगलबार तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज विन नेपाल लघुवित्त, दोल्ती पावर कम्पनी र सर्बोतम सिमेन्टको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज दुई कम्पनीको शेयरमा नकारात्मक सर्किट लागेको छ । आज सेयर बजारमा सुधार आउँदा सबैभन्दा बढी शिभम् सिमेन्टको सेयर सर्वाधिक सेयर कारोबार भएको छ। आज कम्पनीको ९ करोड ३१ लाख ३९ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सोनापुर मिनरल्सको ८ करोड ५७ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन जोशी हाइड्रोपावरको ८ करोड २९ लाख ४० हजार रुपैयाँ, गुर्खाज फाइनान्सको हिमालयन रिइन्स्योरेन्सको ८ करोड ७ लाख ८२ हजार रुपैयाँ कारोबार भएको हो ।