काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको तम्घास शाखा कार्यालयले बीमितको परिवार तथा हकवालालाई बीमा वापतको रकम भुक्तानी गरेको हो ।

कम्पनीले गुल्मी जिल्ला इस्मा गाउँपालिका वडा नं –१ निवासी बीमित बल बहादुर कुँवरकी श्रीमति सरस्वता जीसीलाई बीमा वापतको १४ लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।

स्व. बीमित कुँवरको वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया मृत्यु भएको थियो ।