काठमाडौं । चालु आर्थिक वर्षको फागुन महिनासम्ममा निर्जीवन बीमा कम्पनीहरुले २६ अर्ब माथि कूल बीमा शुल्क आर्जन गरेका छन् ।
नेपाल बीमा प्राधिरकणले आज सार्वजनिक गरेको तथ्याङक अनुसार निर्जीवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा १९ लाख १६ हजार ६६६ वटा बीमा पोलिसी विक्री गरी २६ अर्ब १६ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ।
उक्त ८ महिनाको अवधिमा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिमा ३ अर्ब ७१ करोड रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ ।
त्यस्तै सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले ३ अर्ब ४ करोड रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले २ अर्ब ५६ करोड रुपैयाँ कुल बीमा शल्क आर्जन गरेको छ ।
प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ८ महिनामा हाल सञ्चालनमा रहेका तीन वटा लघु निर्जीवन बीमकले १० करोड ३२ लाख ६२ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन्।
कम्पनीले फागुनसम्ममा ४५ हजार ३५८ वटा बीमालेख जारी गरेका छन्। सबैभन्दा बढी नेपाल माइक्रो इन्स्योरेन्स कुल बीमाशुल्क आर्जन गरेको छ। यो कम्पनीले फागुनसम्म ४ करोड ९० लाख ९५ हजार रुपैयाँ कुलबीमा शुल्क आर्जन गरेका छन्। यसै गरी दोस्रोमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स रहेको छ। यो कम्पनीले फागुनसम्म ३ करोड ४८ लाख १ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।
फागुन महिनामा मात्रै नेपाल माइक्रो इन्स्योरेन्सले १ करोड २५ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । इन्स्योरेन्सले ५ हजार ९५१ वटा बीमालेख जारी गरेको थियो । त्यसै गरी प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ३ हजार २७७ वटा बीमालेख जारी गरेर १ करोड १५ लाख ९ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।
विस्तृतमा हेर्नुहोस्