काठमाडौं। चालु आर्थिक वर्ष २०८०-८१ को ८ महिनाको अवधिमा साढे १ खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।

फागुन मसान्तसम्म १ खर्ब ५५ अर्ब रुपैयाँ बराबेका कुल लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । विभागका अनुसार फागुन महिनामा मात्र २ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो ।

यस वर्ष फागुनसम्म वैदेशिक लगानी प्रतिबद्धता भने २९ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । गत वर्षै फागुनसम्म २७ अर्ब ७७ करोड रुपैयाँ वैदेशिक लगानी प्रस्ताव आएको थियो । यस वर्ष लगानी प्रतिबद्धता गत वर्षको यसै अवधिको तुलनामा वृद्धि भएको छ । अघिल्लो वर्षको फागुनसम्म १ अर्ब २७ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

त्यस्तै यस वर्ष फागुनसम्म वैदेशिक लगानी प्रतिबद्धता भने २९ अर्ब १३ करोड रुपैयाँ पुगेको छ । गत वर्षै फागुनसम्म २७ अर्ब ७७ करोड रुपैयाँ वैदेशिक लगानी प्रस्ताव आएको थियो । विभागका अनुसार यस वर्ष फागुनसम्म स्वदेशी तथा विदेशी २५८ वटा उद्योग दर्ता भएका छन् । यसमध्ये ठूला उद्योगको संख्या ३२ रहेको छ ।

मझौला उद्योग २२ र साना उद्योगको दर्ता २०४ रहेको विभागले जनाएको छ । यस वर्ष दर्ता भएका स्वदेशी उद्योगले १८ हजार १५३ रोजगारी दिन सक्ने तथ्यांकमा उल्लेख छ । विदेशी लगानी तर्फ फागुनसम्म कुल २५३ वटा उद्योग दर्ता भएका छन् । यी उद्योगले १३ हजार १६९ रोजगारी सिर्जना गर्न सक्ने देखिएको छ ।