काठमाडौँ। अर्थ मन्त्रालयको तीन वटा महाशाखाको जिम्मेवारीमा हेरफेर भएको छ। हेरफेर भएका तीन वटै शाखालाई शक्तिशाली शाखाको रूपमा हेरिन्छ ।
अर्थमन्त्री वर्षमान पुनले राजस्व व्यवस्थापन महाशाखाका सहसचिव रितेश शाक्यलाई बजेट महाशाखामा ल्याएका छन्। यस्तै बजेट महाशाखाका उत्तर खत्रीलाई योजना, अनुगमन तथा मूल्याङ्कन महाशाखको जिम्मेवारी दिइएको छ ।
यता भने सोही अनुगमन मूल्याङ्कन महाशाखाका धनिराम शर्मालाई भने राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिइएको छ ।
सामान्यतया बजेट निर्माण गर्दै गर्दा बजेट लेखनको समूहमा यी तिन महाशाखा पर्दै आएका छन् । यसमा विशेष भूमिका बजेट महाशाखाको रहने गरेको छ ।