काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले ४ प्रतिशत बोनस सेयर सम्बन्धित शेयर धनीको डिम्याट खातामा जम्मा गरेको छ।

होटल्सले पुस ११ गतेसम्म सेयर डिम्याट गराएकाहरूको बोनस सेयर खातामा पठाइदिएको हो । तर, अहिलेसम्म पनि डिम्याट नगरेकाहरूले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्ने भएको छ ।

अनि मात्र बोनस जम्मा गरिने होटल्सले जनाएको छ । तारागाउँको पुस २४ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।