काठमाडौं। डा.रूपक सापकोटाले अर्थराजनीतिक दृष्टिकोणमा आधारित परराष्ट्र नीति नेपालको प्राथमिकता भित्र रहेको बताएका छन्।
‘एसिया र विश्व-समान चुनौती, साझा दायित्व’ नारामा चीनको हैनान प्रान्तमा आयोजित बोआओ फोरममा नेपालका तर्फबाट आज सम्बोधन गर्दै सापकोटाले आर्थिक कूटनीतिका विविध प्राथमिकताबारे नेपालको धारणा राखेका हुन् ।
‘भूराजनीतिक द्वन्द्व, विश्व राजनीतिमा बढ्दो राजनैतिक ध्रुवीकरण र कमजोर सहकार्य लगायतले गर्दा नेपालको बहुपक्षीय एवं आर्थिक विषयमा अन्तर्राष्ट्रिय सहकार्य सोचेअनुसार अगाडि बढाउन कठिन भइरहेको छ,’ सल्लाहकार सापकोटाले भने।
प्रधानमन्त्री प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार समेत रहेका सापकोटाले उक्त अवसरमा अतिकम विकसितबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुने नेपालको लक्ष्य, जलवायु परिवर्तनको प्रकोपलाई समयसापेक्ष सम्बोधन र नेपालको समग्र आर्थिक विकास एवं समृद्धि हासिल गर्न राखिएका लक्ष्यमा सघाउन आग्रह गरेका छन् ।