काठमाडौँ । नेपाली कृषि वैज्ञानिकहरूको साझा संस्था सोसाइटी अफ एग्रिकल्चरल साइन्टिस्ट (सास) नेपालले राष्ट्रिय सम्मेलन गर्ने भएको छ । उनीहरुले आठौँ साधारण सभा आउँने बुधबा ललितपुरमा गर्ने भएका हुन्।

“कृषिमा रूपान्तरणका लागि अनुसन्धान प्रणाली” भन्ने मूल नारा राखेर करिब पाँच सय जनाको उपस्थितिमा सम्मेलन हुनेछ भने नेपालको कृषि अनुसन्धान प्रणालीलाई सबल र सुदृढ बनाई मुलुकको आर्थिक विकासको लक्ष्यमा योगदान पुर्याउन कार्यक्रमले सघाउँने छ । यही सम्मेलनले नयाँ नेतृत्व चयन गर्नुका साथै कृषि वैज्ञानिकको हकहितको लागि आवश्यक नीति तथा योजना तर्जुमा गर्ने राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा कालिकाप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।

पहिलो सत्रमा चार वटा विषयगत कार्यपत्र प्रस्तुति गर्दै दोस्रो सत्रमा नयाँ कार्यसमिति गठन हुनेछ।