काठमाडौं । अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहकारमा प्रा.डा. सूर्यबहादुर थापाले नियुक्ती पाएका छन् ।
थापालाई बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सल्लाहकार नियुक्ती दिएको हो ।
उनी त्रिभुवन विश्वविद्यालयमा शिक्षा शास्त्र संकायका अर्थशास्त्रका प्राध्यापक हुन् ।