काठमाण्डौ । नबिल बैंक लिमिटेडका अध्यक्ष उपेन्द्र पौडेललाई मातृशोक परेको छ । उनकी आमा शोभना पौडेलको ८१ वर्षको उमेरमा निधन भएको हो ।

वि.स. १९९९ जेठ १५ गते जन्मिएकी शोभना पौडेलको मृत्यु चावहिलमा रहेको मेडिकेयर अस्पतालमा उपचारका क्रममा भएको हो भने उनका २ छोरा र ३ छोरी गरी ५ सन्तान रहेका छन् ।