काठमाडौं । नेपाली बजारमा आज सोमबारका दिन सुनको मूल्यले पुन नयाँ रेकर्ड कायम गरेको छ ।
चैत १६ गते १ लाख ३० हजार पुगेर रेकर्ड कायम गरेको सुनको मूल्यले सोमबार फेरी नयाँ रेकर्ड कायम गरेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य सोमबार प्रतितोला १ हजार ६०० रुपैयाँ बढेर १ लाख ३१ हजार ६०० रुपैयाँ तोकिएको छ।

आइतबार छापावाला सुन १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदी प्रतितोला १ हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाली बजार सहित अन्तराष्ट्रिय बजारमा समेत सुनको मूल्य वृद्धि भएको छ । पछिल्लो २४ घण्टाको अवधिमा सुनको मूल्य प्रतिऔंस २० डलरभन्दा बढीले बढेको हो ।