काठमाडौं । साताको दोस्रो कारोबारका दिन शेयर बजारमा गिरावट आएको छ । सेयरबजारमा निरन्तर गिरावट आएसँगै लगानीकर्तामा निराशा छाएको हो । आज नेपाल स्टक एक्चेन्ज (नेप्से) ७.८९ अंकले घटेर २०१० को विन्दुमा कायम हुन पुगेको छ ।
सोमबार ३१५ कम्पनीको ७२ लाख ९० हजार २०० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँको कारोबार भएको छ । शेयर बजारलाई बाधा गर्ने भनेका केहि सीमा सुधारको माग लगानीकर्ताले उठाउँदै आएका छन् । बजारलाई चलयमान बनाउन तिर नियामक जानु पर्ने देखिन्छ । अधिकांश बैंकहरुको शेयर मूल्य ओरालो लागेको छ ।
आज बजारमा गिरावट आउदा सबैभन्दा बढी सर्वोत्तम सिमेन्टको सेयर सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको आज ४७ करोड २९ लाख १७ हजार रुपैया बराबरको कारोबार भएको छ।
त्यस्तै कारोबार रकमको आधारमा शिभम् सिमेन्ट दोस्रो स्थानमा रहेको छ । आज कम्पनीको ११ करोड २३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन गुर्खाज फाइनान्सको ९ करोड ९९ लाख ७१ हजार रुपैयाँ, पिपुल्स पावर लिमिटेडको ५ करोड ७९ लाख ४१ हजार रुपैयाँ कारोबार भएको हो ।