काठमाडौं । नयाँ विशेषता सहित होन्डाले नयाँ बाईक एनएक्स २०० नेपाली बजारमा भित्र्याएको छ।
एनएक्स२०० बाईकलाई सिटी राइडिंग र लामो दूरीको यात्रा दुवैका लागि उपयुक्त रहेको कम्पनीको दाबी छ।
एनएक्स २०० मा उपलब्ध ‘वाइण्ड भाइजर’ र ‘एलईडी विङ्कर’ सहितको ‘नकल कभरुले सुरक्षा फिचरलाई बढाउनुको साथै बाइकलाई झनै आकर्षक बनाएको कम्पनीले बताएको छ।
‘लिक्युइड क्लियरु डिजिटल मिटर र चालकलाई पायक पर्नेगरि चाबी हाल्ने ठाउँ ट्यांकीमै हुनु पनि एनएक्स२०० को अरु थप उल्लेखनीय विशेषता हुन्। एनएक्स २०० मा रहेको ‘फ्रन्ट ए बी एस सिस्टमु र ‘डूअल पेटल डिस्क ब्रेकु रहेको छ। ‘पीजीएम एफआई सिस्टमुले इन्धनको बचत गर्ने कम्पनीको दाबी छ।
१० वर्षसम्मको वारेन्टी प्याकेजमा हाललाई विभिन्न चार रङ्गहरुमा उपलब्ध एनएक्स २०० को सुरुवाती बिक्री मूल्य ४ लाख ७९ हजार ९०० रुपैयाँ तोकिएको छ। कम्पनीले एनएक्स२०० को औपचारिक बिक्री वितरण यही चैत १५ बाट सुरु गरिसकेको जानकारी दिएको छ ।