काठमाडौं । नागरिक लगानी कोषले कर्णाली प्रदेशको सुर्खेतमा कार्यालय विस्तार भएको छ । कोषले आज (सोमबार) वीरेन्द्रनगर–८ खजुरामा पाचौं शाखा कार्यालय विस्तार गरेको हो ।

स्थापना भएको कार्यालयको कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गरेका हुन् ।

आर्थिक विकासका लागि सर्वसाधारण जनतालाई बचत गर्न प्रोत्साहित गरी पुँजी वृद्धि गर्नुका साथै लगानीका अवसरहरु बढाउन तथा पुँजी बजारको विकासमा गतिशीलता ल्याउने प्रमुख उद्देश्यले सुर्खेतमा पनि कार्यालय स्थापना गरिएको छ ।

कोषले सर्वसाधारण, विभिन्न संगठीत सङ्घ–संस्थामा कार्यरत कर्मचारी, कामदार तथा संगठीत सङ्घ–संस्थाहरूबाट समेत विभिन्न कार्यक्रम अन्तर्गत बचत सङ्कलन गरी त्यसरी संकलित बचत रकमलाई दक्ष र व्यावसायिक ढंगबाट लगानी प्रबन्ध गर्ने लक्ष्य लिएको छ ।

कार्यालयको उद्धघाटन समारोहमा कोषका अध्यक्ष प्रा.डा. सूर्य बहादुर थापा र कार्यकारी निर्देशक रमण नेपाल सहभागि थिए ।