काठमाडौँ । संसदीय सुनुवाइ समितिले एक सूचनामार्फत प्रस्तावित महालेखापरीक्षक तोयम रायाविरुद्ध उजुरी आह्वान गरेको छ।
उक्त सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिनभित्र कार्यालय समयमा समितिको सचिवालयमा अथवा कुनै जिल्ला प्रशासन कार्यालयमा सूचना वा उजुरी दिनुहुन सकिने समितिले उल्लेख गरेको हो।
हिजो सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले उजुरी आह्वानको निर्णय गरेको हो भने आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा तोयम रायालाई सिफारिस गरेको छ। संवैधानिक परिषद्ले सिफारिस गरेलगत्तै उनको संसदीय सुनुवाइ प्रक्रिया सुचारु भएको हो ।