काठमाडौँ। जाल्पा सामुदायिक लघुवित्त र किसान लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने(मर्जर) भएका छन् । उक्त मर्जरे कार्यका लागि दुवै कम्पनीले अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

दुवै संस्थाबिच मर्जर कार्यका लागि (हिजो) चैत १८ गते आइतबार साँझ ५ बजे अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको हो। दुवै संस्थाको गत चैत ९ गते सम्पन्न बेग्ला बेग्लै साधारण सभाले मर्जरको प्रस्ताव पारित गरेका थिए।

जाल्पा सामुदायिक लघुवित्तले १ सेयर र किसान लघुवित्तले ०.८८३४ सेयर प्राप्त गर्ने अर्थात् १ः०.८८३४ सेयर स्वाप अनुपातमा मर्जरमा जाने प्रस्ताव पारित भएको हो।