काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको १ करोड ५१ लाख ६९ हजार १६६.५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ।
लक्ष्मी सनराइज बैंकले गत वर्षको नाफाबाट वितरण गरेको ७ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।