काठमाडौं । आज शेयरबजारमा झिनो अंकको सुधार भएको छ । नेप्से परिसूचक आज ७ अंकले बढेर १९८७ को विन्दुमा पुगेको छ ।

आज शेयर बजारमा जम्मा २ अर्ब ८८ करोड ६५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा सूचीकृत २८५ कम्पनीको ७४ लाख ५४ हजार ७ कित्ता शेयर किनबेच हुँदा पौने ३ अर्बको कारोबार भएको हो । आज ८४ कम्पनीको शेयर मुल्य बढेको छ भने १३० कम्पनकिो शेयर मुल्य घटेको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज बैकिङ्ग, होटल तथा पर्यटन, लाइफ इन्स्योरेन्स, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र अन्य उपसूचक बढेका छन् भने बाँकी सबै उपसूचक घटेको छ ।

सर्वाधिक होटल तथा पर्यटन उपसूचकको आज १०.७८ प्रतिशतले बढेको छ ।