काठमाडौं । जीवनमा राम्रो घर बनाउँने सपना जो कोहीमा हुने गर्छ । तर, राम्रो घर बनाउँन पैसा मात्र खर्च गरेर भन्दा पनि त्यसको तौर तरिका मिलाउँन सकेमा मात्रै सम्भव हुन्छ । लामो समयसम्म टिकाउँ हुने तथा गुणस्तरिय घर बनाउँन हामीले प्रयोग गर्ने भौतिकपूर्वाधारहरुले पनि ठूलो भूमिका खेल्छ । यसै विषयमा सर्वोत्तम सिमेन्टका प्रोजेक्ट हेड ई.अभिषेक झाले आफ्नो धारणा राखेका छन् । झाले भौतिकपूर्वाधार निर्माण सम्बन्धि लामो अनुभव तथा दक्षता हाँसिल गरेका छन् ।
प्रस्तुत छ सर्वोत्तम सिमेन्टका प्रोजेक्ट हेड ई. झाको विचार
चलनचल्तीमा हेर्ने हो भने प्लास्टर गरेको १२ देखि १६ घण्टापछि क्युरिङ (पानी हाल्ने काम) गरिन्छ । त्यस्तो अभ्यास एकदमै गलत हो ।
ढलान भएको पानी रसाएर पानीको ढलानको सतह सुक्खा हुनु अगावै क्युरीङ गरिहाल्नु पर्छ । गर्मी बेलामा झन छिटो सुख्खा हुन लाग्नु अगावै क्युरिङ गरिहाल्नु पर्छ । गर्मी बेलामा जाडो महिनाको तुलनामा ढलानमा छिट्टो सुक्खापन आउँछ । त्यस्तो बेलामा तीन, चार घण्टापछि क्यूरिङ गर्नुपर्छ । हावा हुरी चलेको बेलामा पनि ढलान चाडै सुक्ने भएकाले त्यस्तो बेलामा पनि छिट्टो क्यूरिङ गर्नुपर्छ ।
त्यस्तै, ४३ ग्रेडभन्दा ५३ ग्रेड बढि मसिनो भएकाले ४३ ग्रेडलाई गरिने क्यूरिङभन्दा ५३ ग्रेडले बनेको ढलानलाई छिट्टै क्यूरिङ गर्नुपर्छ । कहिलेकाही ढिलो क्यूरिङ गर्दा ढलान सुख्खा हुनाले प्लासटिक सिंक्रयाच आउँछ र ढलान पनि बलियो हुँदैन । क्यूरिङ कमसेकम सातदेखि दश दिनसम्म गर्नुपर्छ । २१ दिनसम्म गर्दा एकदमै राम्रो हुन्छ ।
एम ट्वान्टी ग्रेड कंक्रिट
मिनिमय ग्रेड अफ कंक्रिट (एम ट्वान्टी) बनाउँदा विषेश ध्यान पुर्याउनुपर्छ । त्यसमा सिमेन्ट एक, स्याण्ड एक दशमलव पाँच तथा गिट्टीको मात्रा तीन हुनुपर्छ । तर, चलन चल्तीमा भने उक्त मात्रा एक, दुई, तीनको अनुपातमा राख्ने गरिएको छ ।
सामान्यतया एम ट्वान्टी भनेको २८ दिनमा कंक्रिट(सिमेन्ट, बालुवा, गिट्टी पानीको मिश्रण) को भारवहन क्षमता कमसेकम २० एमपिए भयो भन्ने हो ।
जसरी सिमेन्टको वर्गिकरण गर्दा ३३, ४३, ५३ गरिन्छ त्यसरी नै कंक्रिटको वर्गिकरण एम २०, एम २५ एम ३० गर्दा पाँचको अन्तरालमा कायम गरिन्छ ।
ढलानमा पानीको मात्राको भूमिका एकदमै महत्वपूर्ण हुन्छ । पानी धेरै हाल्नाले ढलान कमजोर हुन्छ भने थोरै पानी हाल्नाले ढलानको कार्य कुशलता घटेर काम गर्दा असहज हुन्छ । एम २० को ढलान गर्नको लागि एक बोरामा २७ देखि २८ लिटरसम्म पानी हाल्नुपर्छ ।
भाईब्रेसन
त्यस्तै, ढलान गर्दा भाइब्रेसन एकदमै आवश्यक हुन्छ । भाइब्रेसनको काम कंक्रिटमा भएको हावालाई निकाल्नु हो । कंक्रिटमा १ प्रतिशत बढी हावा जम्मा हुनेले २८ दिनको भारवहान क्षमता ५ प्रतिशतले घट्छ ।
हावा जम्मा हुन नदिन भाइब्रेसन गर्नु पर्छ । भाइब्रेसन राम्रोसँग गरिएन भने ढलान कंक्रिटमा पानी कम भएको खण्डमा बीम या पिल्लरमा हनि कम्बीङ देखिन्छ ।
चिकेन वायर मेस
प्लास्टर गर्दा बीम या पिल्लर जोडिने ठाउँमा पहिला चिकेन वाइर (जालि तार) लगाउनु पर्छ । त्यसपछि मात्रै प्लास्टर गर्नुपर्छ । होइन भने प्लास्टर सुकेपछि पिल्लर र भित्ता जोडिने ठाउँमा सिधा किसिमको क्रयाक आउँछ ।