काठमाडौं। नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य निर्धारण गरेको छ । नयाँ समर्थन मूल्य चैत २२ गते अर्थात भोलिबाट लागू हुनेछ ।
नयाँ समर्थन मूल्य अनुसार मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ३७५ रूपैयाँ तोकिएको छ। त्यस्तै, ठूलो अण्डा प्रति क्रेटको मूल्य ३९० रूपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ४५० रूपैयाँ कायम गरिएको छ।
संघले नयाँ समर्थन मूल्य जारी गर्दै त्यसैअनुरूप कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ । इटहरी, धनगढी र काठमाडौंमा यही चैत १९ देखि २१ सम्म भएको संघको व्यवसायी भेलाले अण्डाको समर्थन बिक्री मूल्य तय गरेको हो ।