काठमाडौं। बैंकमा जो कोहीले रकम जम्मा गर्दा एउटै अपेक्षा हुन्छ,साँवा रकम मात्र नभई थोरबहुत व्याज समेत हात परोस् । ठिक त्यस्तै बैंकको सूचीमा अहिले अग्रस्थानमा महालक्ष्मी विकास बैंकको महालक्ष्मी समृद्धि बचत खाताको नाम आउँने गरेको छ ।
त्यसको पछाडी एउटै कारण हाल बैंकले आफ्ना ग्राहकहरुलाई दिइरहेको उच्चतम व्याजदर नै हो। महालक्ष्मी बैंकको बचत खातामै मुद्दति सरहको ब्याज पाइने प्रतिक्रीया पनि ग्राहकहरु आफैले दिइरहेका छन् ।
गएको फागुन १ गतेदेखि लागू हुने गरि बैंकले सो व्यवस्था गरेको हो । अहिले तपाई हामी जो कोहीलै पैसा राख्दा सहजै ६.५० प्रतिशतसम्म ब्याज पाउँन सकिन्छ। उच्च व्याजदर हाल नेपाली बैंकहरुले दिइरहेको औसत व्याजदरको तुलनामा पनि सबैभन्दा बढी हो ।
ग्राहकहरुले अहिले मासिक, त्रैमासिक रुपमा ब्याज पाइरहेका छन् भने महालक्ष्मी समृद्धि बचत खातामा धमाधम ६.५० प्रतिशत ब्याज पाइरहेको अवस्था छ । ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विभिन्न स्किमहरु संचालन गर्दै आएको बैंकले हाल भने यस्तो किसिमको ग्राहकमैत्री व्यवस्था संचालन गरेको हो ।