काठमाडौै । यस साताको अन्तिम कारोबारका दिन शेयर बजारमा गिरावट आएको छ ।लगानीकर्ताको आत्मबल बढ्न नसक्नाले बजार निरनतर ओरालो यात्रामा लागेको हो ।
आज शेयर बजार २ दशमलव ७३ अंकले घटेर २००४ दशमलव ०५ को विन्दुमा कायम भएको छ। शेयर बजार घटेतापनि बुधबारको तुलनामा कारोबार रकम भने सामान्य रुपले बढेको छ। बिहीबार नेप्सेका अनुसार ३०२ कम्पनीको ६९ लाख ६३ हजार ३५९ शेयर कित्ता बिक्री गरी तीन अर्ब तीन करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बिहिबार गोर्खाज फाइनान्सको २३ करोड ३२ लाख रुपैयाँ, शिवम सिमेन्टको १८ करोड ३८ लाख रुपैयाँ र सर्वोत्तम सिमेन्टको १८ करोड २४ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको हो ।
आज चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज मानुषि लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, गुराँस लघुवित्त र तारागाउँ रिजेन्सिको शेयरमा सकारात्मक सर्किट लागेको हो । बिहिबार आठ उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.४४ प्रतिशत, विकास बैंक समूहको ०.५४ प्रतिशत, हाइड्रोपावर समूहको ०.५८ प्रतिशतले शेयर मूल्य ओरालो लागेको छ ।