काठमाडौं । सारंगी भन्ने बित्तीकै अधिकांशको मनस्थितीमा प्रायजसो उस्तै किसिमको चित्र निर्धारण हुने गर्छ । सानो काठमा तार बाँधिएको एक बाजा । हुन त सारंगी कसैको लागि बाजा मात्रै हो भने कसैको लागि आनन्दको स्रोत पनि हुने गरेको छ । त्यही सारंगीकै माध्यमबाट कतिपयले आफ्नो जीवन कथा नै बदल्न सफल भएका छन् । आज हामीले एउटा यस्तो पात्र फेला पारेका छौ जसका निमीत्त सारंगी भनेको जीवन हो या भनौ उनको जीवन नै सारंगीको लागि हो ।
सारंगीको लागि आफूले नयाँ परिभाषा सिर्जना गर्न खोज्दै हिडेका जुझारु यूवा हुन किर्तिपूरका किरण नेपाली । उनले सारंगीको परिभाषा बदल्न हरदम प्रयास गरेको कथा त सुनाएकै छन् त्यसको साथ साथै सारंगीले नै उनको जीवन समेत बदलेको छ । अहिले उनको जीवनका धेरै परिभाषाहरु बदलिएका छन् भने जीवन जीउँने तरिकादेखि समाजमा उनले पाएको चिनारी,आर्थिक सफलता लगायत यावत कुराहरु पनि परिवर्तन भएका छन् । यसमा उनै नेपालीले रत्तिभर पनि नहिच्किचाई निर्धक्कसँग भनेका छन् यो सबैको श्रेय म केवल सारंगीलाई नै दिन्छु ।
आउँनु होस् उनै नेपाली र सारंगी बिचको प्रगाढ मायालाई नजिकबाट नियालौ
विगतमा आफ्ना पुर्खाहरुले संचालन गर्दै आएको व्यवसायमा नेपालीको रस बस्यो । उनले सारंगीलाई व्यवसायीक ढाँचामा बल्दन चाहेका थिए । त्यस्तो बेलामा उनले सारंगीको विगतमा रहदै आएको अवधारणा बदल्ने सोच बनाए । यो चानचुने कुरा थिएन् । पुर्खौ पुर्खादेखि चलिआएको सारंगीको भरिभाषा बदल्ने उनको सपना साकार गर्न उनी रातदिन नभनि लागि परेको सुनाउँछन् ।
त्यस्तो बेलामा सबैभन्दा ठूलो कुरा बजारीकरण नै रहेछ भन्ने पनि उनलाई कतिपय अवस्थामा महशुस हुने गरेको थियो । केही विद्यालयमा उनै नेपाली पुग्दा उनले देखाएको सारंगीलाई भ्वाईलन,गिटार हो भन्ने विद्यार्थीहरुको पनि कमी थिएन । तर,यी सबै कुरालाई उनले बिस्तारै पन्छाउँदै गए । अहिले उनले सारंगीसँग सम्बन्धित तीन वटा कम्पनी चलाउँन सफल भएका छन् । सबैभन्दा पहिलो कम्पनीले सारंगी बनाउँने काम गर्छ । दोस्रोमा सारंगी सिक्न चाहने स्वदेशी तथा विदेशीहरुलाई सिकाउँने काम गरिन्छ । त्यसको साथै तेस्रो चरणमा त्यसरी सिकिसकेका सिपालुहरुलाई स्टेज कार्यक्रमदेखि प्रतिभा देखाउँने आगँनसम्म जोड्ने काम गरिन्छ ।
सारंगीको मात्रै प्रचार गर्दै आउँनु भएको छ कि ? अरु बाजा पनि भन्ने प्रशंगमा नेपालीले आर्थिक भ्वाईससँग भने,‘म आफै पनि गिटार प्लेयर हो । १७ वर्ष मैले पनि गिटार बजाए । त्यसपछि मात्र म व्यापारमा लागे । मैले सारंगीको प्रवद्र्धन गर्न सकौ भन्दै यो यात्रामा लागेको हो। अहिले सरकारी स्कूलदेखि,डक्टर,इन्जिनियर,गृहीणी र आवकाश पाएका नागरिकहरुलाई सारंगी सिकाउँन सफल भएका छौं।’
सारंगीको स्टयाडर्ड साइज
विगतमा सारंगीको एउटा निश्चित आकार नभएकाले यो निकै ठूलोदेखि सानो आकारमा समेत बनाइने गरेको थियो । त्यसरी बनाइदा ती बाजाहरु सामूहिक रुपमा बजाउँदा त्यसको आवाज ठूलो सानो हुन्थ्यो । तर, अहिले सारंगीको करिब एउटै आकारमा बनाइएकाले पनि अब धेरै वटा सारंगी एकै ठाउँमा राखेर बजाउँदा त्यसबाट आउँने ध्वनी समान किसिमको बन्ने गरेको छ ।
चट्ट मिलेको आकार, कलात्मक र हेर्दै बजाई बजाई हालौ लाग्ने आकर्षक सारंगी बनाउँन पनि उनले योगदान दिएका छन् । हाल यसमा सहभागीहरुको संख्या बढ्दो छ भने उनै नेपालीको मातहतबाटै तालिम लिनेहरुको संख्या पनि २ हजार नाघिसकेको छ । आफ्ना वेभ साइट तथा अनलाइन फर्मबाट ग्राहकहरुले सहभागीता जनाउँन सक्ने तथा अनलाइन तालिम कक्षा संचालन हुने उनी बताउँछन् ।
कुनै पनि व्यक्तीको जीवनमा संगित भनेको एक किसिमको आत्मियता भएकाले आधुनिक र लोक बाजालाई विश्व मञ्चमा लाग्न चाहेको बताएका छन् ।
नयाँ पुस्ताले संगितको माध्यमबाट आफ्नो देशको पहिचान स्थापित गर्न सक्ने उनलाई हरखबत लाग्ने गरेको छ । सारंगी बजाउँने आफूलाई र देशलाई चिनाउँन सक्ने बताएका छन् । विदेशमा बसेर गौतम बुद्ध र सगरमाथाको फोटो राखेर मात्रै आफ्नो देशको मौलिकता कायम नहुने उनको भनाई छ । २४ घण्टाको अवधिमा एकजनाले एक, दुईवटा गित सहजै बजाउँन सक्ने बताएका छन् । त्यस्ता कक्षाहरु मासिक रुपमा अनलाइन र भौतिक गरेर संचालन हुँदै आएका छन् । कुटुम्ब ब्याण्डमा पनि उनको आवद्धता रहेको छ । फल्क ट्रोनिक्समार्फत उनले सारंगीलाई प्राथमिकता दिइरहेका छन् । उनले सारंगीलाई स्ट्रीट टु क्लब भन्ने अवधारणाका साथ बजाउँने गरेको बताएका छन् । उनले कुनै पनि व्यक्तीको जीवनमा संगित भनेको एक किसिमको आत्मियता भएकाले आधुनिक र लोक बाजालाई विश्व मञ्चमा लाग्न चाहेको बताएका छन् ।
नबिल बैंकको न्यानो साथ
एकदिन उनले नबिल एसएसइ भन्ने कार्यक्रमको बारेमा देखे । उक्त कार्यक्रमले उनको सोचाईलाई एउटा राम्रो मार्ग प्रदर्शन गरेको छ । कुनै पनि काम गर्दा कसरी त्यसलाई बिजनेश मोडलमा लाने भन्ने कुरा नबिल एसएसइले सिकाएको र त्यसले आफ्नो जीवनमा ठूलो राहात मिलेको आर्थिक भ्वाइसलाई बताएका छन् । उनले कुनै पनि काम गर्दा सहज रुपमा गर्न र त्यसबाट फाइदा लिन नबिल बैंक सहयोगी भएको उनी बताउँछन् । त्यस्तै, कुनै पनि व्यक्तीको जीवनमा नेटवर्किङको महत्व पनि आफूले बुझेको उनले बताए । बैंकले मुख्य कुरा ज्ञान दिएको र राम्रो ज्ञान भएको व्यक्तीलाई फण्डीङको कुनै चिन्ता नहुने बताएका छन् । हाल उनले सोही काम गर्दै आएको एक दशक बितिसकेको छ । विगतदेखि गर्दै आएको कामलाई पनि बैंकले पिच गर्न मद्धत गरेको सुनाए ।
उनले दशवटा उपायमा ठक्कर आएर नयाँ उपाय निकाल्ने हो कि वा एकै पटक राम्रोबाट हिँडेर १० ठाउँ ठक्कर खानबाट जोखिने भन्ने कुराको निश्कर्ष निकाल्नु पर्ने बताएका छन् ।
एउटै सारंगीको मूल्य १ लाख ८० हजारसम्म
हाल उनले उत्पादन गरेर बेच्दै आएको सारंगिको मूल्य १२ हजार ५ रुपैयाँ हाराहारीबाट सुरु हुन्छ । त्यस्तै, एउटै सारंगीको मूल्य १ लाख ८० हजारसम्म रहेको पनि उनले बताए । त्यसरी महंगो हुनुमा सारंगीको गुणस्तर नै मुख्य कुरा रहेको उनले जानकारी दिए । त्यसमा सारंगीमा प्रयोग भएको काठ, त्यसबाट आउँने ध्वनी, पिकअप, प्रस्तुती जस्ता कुरामा ठूलो प्रभाव पर्ने बताए । साथै, सारंगीमा प्रयोग हुने कतिपय सर सामानहरु ९घोडाको पुच्छर, गोहीको छाला, विजय साल, सिसौ, आँपको काठ लगायत विभिन्न देशबाट खरिद हुने गरेको बताउँदै उनले सारंगीलाई विभिन्न नाममा नामाकरण गरिने समेत बताए ।
सारंगी बजाउँनेले यूवाहरुले अहिले करिब ६०,७० हजार रुपैयाँ कमाई गरेको उनले खुलाए । हाल उनकै कारण तीस, चालिस जनाले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाएका छन् ।
हाल आफ्नै प्रयोगका लागि उनै नेपालीले तयार गरेको सारंगीको मूल्य १ लाख ८० हजार रुपैयाँ छ । कतिपयले बजाउँन तथा कोहीले सजाउँनको लागि समेत सारंगी खरिद गर्ने गरेको उनले बताएका छन् । उनले जीवनमा सबैभन्दा राम्रो लाग्ने कुरा नै सारंगी बजाउँने हो भनेका छन् । उनले जीवनमा सारंगी बजाउँने कुरा सपना रहेको र अहिले त्यो साकार भएको सुनाउँछन् । त्यस्तै, २३ वर्षको उमेर सारंगी बजाउँन सुरु गरेका उनले आफूलाई सारंगी बजाउँन ढिला सुरु गरेछु भन्ने पछुत्तो समेत लाग्ने गरेको बताएका छन् । उनले बाध्यताबस भन्दा पनि रमाइलो लिदै बजाउँने हो भने छिट्टै जानिने उपाय सुनाएका छन् । त्यस्तै,घरमा पनि आफ्नो नजिकमा देखिने गरी सारंगी राख्नु पर्ने उनले बताएका छन् ।
सारंगीको कला अनि बुबाको त्यो अंकमाल
उनले सारंगी बजाउने कुरा उनको बुवालाई थाहा थिएन । बुवाले उनलाई बजाउँन दिनुहुन्न थियो भने उनी लुकेर समेत बजाउँथे गर्थे । अहिले बुबाले आफूलाई निकै राम्रोसँग अंकमाल गरेको याद गरेका छन् । त्यो दिन उनले आफ्नो बुवालाई सरप्राईज्ड रुपमा स्टेजमा आफैले सारंगी बजाएको देखाएकाले हो भन्ने उनी सुनाउँछन् । नेपालीलाई आफूले कुनै पनि कलालाई ब्राण्डको रुपमा स्थापना गरेमा त्यसले दिने प्रतिफल निकै ठूलो रहने लाग्ने गरेको छ । उनले आफूले सारंगीकै कारण आफूले करिब १५ देशहर घुम्ने अवसर पाएको बताएका छन् । विगतमा सारंगीको महत्व नबुझेका स्कूलहरुले आजभोली उनलाई स्वागतका साथ निम्ता दिने गरेको खुशी हुँदै सुनाए। यस्तो अवसरमा नबिल बैंकले आफ्नो कामलाई पूर्णता दिन नयाँ ईंट्टा थप गरेको बताए । अहिले उनको व्यवसाय बढ्दो क्रममा रहेको छ । सारंगी बजाउँनेले यूवाहरुले अहिले करिब ६०,७० हजार रुपैयाँ कमाई गरेको उनले खुलाए । हाल उनकै कारण तीस, चालिस जनाले प्रत्यक्ष अप्रत्यक्ष रोजगारी पाएका छन् ।
त्यस्ता कार्यक्रमले उद्यमी बन्न सघाउँन र आफू मात्र बन्ने नभई अरुको परिवार पाल्न तथा धेरै जनाको सपना पूरा गर्न सघाउँने बताए ।
अहिले भिषा लागि सकेपछि पनि कतिपय यूवाहरु सारंगी सिक्न आउँने गरेका छन् । उनले अवस्था अनुसार आफूलाई ढाल्न सक्ने व्यक्तीले आजको दिनमा सफलता पाउँने बताएका छन् । सारंगीले आफूलाई झुपडीदेखि दरबारसम्मको दर्शन दिएको र त्यहाँको संस्कार हेर्ने सुनौलो मौका दिएको बताएका छन् । उनले नबिल एसएसई जस्ता कार्यक्रम आगामी दिनमा अपरिहार्य रहेको बताए । त्यस्ता कार्यक्रमले उद्यमी बन्न सघाउँन र आफू मात्र बन्ने नभई अरुको परिवार पाल्न तथा धेरै जनाको सपना पूरा गर्न सघाउँने बताए । नबिल एसएसईको कार्यक्रम काठमाडौबाट देशको अन्य स्थानमा समेत पुग्नु पर्ने बताउँदै उनले नबिल एसएसईलाई आत्मैदेखि धन्यवाद दिएका छन् ।
अन्तिमा उनले आफूले नयाँ किसिमको व्यवसाय सुरु गरेको र त्यसमा नबिल एसएसईले सहयोग गरेर यसले ठूलो स्वरुपमा बिस्तार हुन पाएको र आगामी दिनमा स्थानिय निकाय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुग्ने आफूले योजना बनाएको पनि खुलाएका छन् ।