काठमाडौं । नेपाल आइडल सिजन २ विजेता चर्चित गायक रवि ओड विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ओडलाई उनकै श्रीमतीले जाहेरी दिएपछि पक्राउ पुर्जी जारी गरिएको प्रहरी स्रोतको भनाई छ । ओडकी श्रीमतीले उनीमाथि वैवाहिक बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी हुन्।

प्रहरीका अनुसार ओडका श्रीमतीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा गत २० गते जाहेरी दिएकी थिइन्। इलाका प्रहरी कार्यालय झलारी मार्फत जाहेरी जिल्लामा पुगेको हो ।

सोही क्रममा जिल्ला अदालत कञ्चनपुरले ओडलाई पक्राउ गरी अनुसन्धान गर्नका लागि पक्राउ पुर्जी जारी गरेको हो ।