काठमाडौँ । आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका लागि निर्वाचन आयोगले मतदान स्थल र मतदान केन्द्र तोकेको छ।

आयोगले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ र बझाङ–१ (क) का लागि मतदान स्थल र मतदान केन्द्र कायम गरेको हो। आयोगले दिएको जानकारी अनुसार इलाम–२ मा ७९ मतदान स्थल र १ सय ४९ मतदान केन्द्र कायम भएको छ।

त्यस्तै, बझाङ–(क) का लागि ७४ मतदान स्थल र ९३ मतदान केन्द्र कायम गरी स्वीकृत गरिएको छ। आयोगले देशभरमा १० हजार ८९२ मतदान स्थल पनि स्वीकृत गरेको छ।