काठमाण्डौ । घोडेजात्राको दिनमा काठमाण्डौ उपत्यकामा रहेका माछापुच्छ्रे बैंकका ४ वटा शाखा कार्यालय खुल्ला रहेका छन्।
आज घोडे जात्राको अवसरमा काठमाण्डौ उपत्यकामा सार्वजनिक बिदा परेता पनि बैंकका ४ वटा शाखा कार्यालय भने खुल्ला रहने बैंकले जनाएको हो।
बैंकको न्यूरोड,कोटेश्वर,पुतलीसडक र सूर्यविनायक शाखा कार्यालयहरु खुल्ला रहने छन् भने सो शाखाहरुमा ग्राहकले बिहान १० बजेदेखि अपरान्ह १: ३० बजेसम्म सेवा लिन सक्नेछन् ।