काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा विभिन्न पदका लागि रोजगारीको अवसर खुलेको छ ।

कम्पनीले विभिन्न प्रादेशिक कार्यालय,शाखा तथा उपशाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । कम्पनीले प्रदेश प्रमुख,शाखा प्रमुख र बजार व्यवस्थापक पदका लागि केही सङ्ख्यामा कर्मचारी माग गरेको छ ।

जीवन बीमा,बैंक तथा वित्तीय संस्था,लघुवित्त तथा अन्य क्षेत्रमा बजार प्रवर्द्धन सम्बन्धी कार्यानुभव भएका आवेदकहरूलाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ ।

इच्छुक तथा योग्यता पुगेका आवेदकले सूचना प्रकाशित भएको १० दिनभित्र कार्य गर्न इच्छुक पद,प्रदेश,जिल्ला र स्थान उल्लेख गरी व्यक्तिगत विवरणसहित कम्पनीको आधिकारिक वेबसाइटमार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।